१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यो पाँच वर्ष खेर गयो : महामन्त्री थापा

'जिम्मेवारी जसले जतातिर पन्छाए पनि तितो यथार्थ स्वीकार गर्नुपर्छ कि, पाँच वर्ष एक प्रकारले खेर फाल्यौं । यसमा हामी सबै कहीँ न कहीँ जिम्मेवार छौं'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो पाँच वर्ष विकास र अर्थतन्त्रका दृष्टिकोणले खेर गएको बताएका छन् । राजनीतिक नेतृत्वले सही किसिमले काम नगर्दा पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् । 

यो पाँच वर्ष खेर गयो : महामन्त्री थापा

कान्तिपुर मिडिया ग्रुपले शनिबार विराटनगरमा आयोजना गरेको 'उज्यालो पूर्व' कार्यक्रममा थापाले खेर गएको पाँच वर्षको जिम्मेवारी भने एकले अर्कोलाई पन्छाइरहेको बताए । 'पाँच वर्षपछि फेरि निर्वाचनको नजिक आइपुगेका छौं । यो पाँच वर्ष खेर गयो । यो खेर गएको जिम्मा लिने बेलामा पनि हामी कोही जिम्मेवार छैनौं । अहिलेको सरकारलाई भन्ने हो भने अल्लि अगाडिको सरकार जिम्मेवार छ भन्छ । अलि अगाडिको सरकारलाई भन्ने हो भने अहिलेको सरकारलाई जिम्मेवार भन्छ,' थापाले भने, 'जिम्मेवारी जसले जतातिर पन्छाए पनि तितो यथार्थ स्वीकार गर्नुपर्छ कि, पाँच वर्ष एक प्रकारले खेर फाल्यौं । यसमा हामी सबै कहिँ न कहिँ जिम्मेवार छौं । जवाफदेहिता राखे पनि नराखे तापनि ।'

खेर गएको पाँच वर्षको जिम्मेवार अर्कै हो भने पनि त्यसले कसैलाई पनि नछोड्ने थापाको भनाइ थियो । आर्थिक रूपान्तरण तथा विकासमा काम गर्नुपर्नेमा त्यसो हुन नसकेको थापाको भनाइ थियो ।

मंसिर ४ गतेको निर्वाचनका लागि राजनीतिक दलहरूले स्थिर सरकार दिन्छौं भन्ने तर त्यो सरकार कसका लागि काम गर्छ भन्ने कुरा मुख्य भएको थापाको भनाइ थियो । उनले भने, 'स्थिर सरकार दिन्छौं भनिरहेका छौं, हामी निर्वाचनको नजिक छौं । हामीले स्थिर सरकार भनेर जे भनिरहेका छौं त्यो स्थिर सरकारबाट लाभ कसले पाउँछ ? स्थिर सरकार नभएको भए के कुरा गुमाउँथ्यौं ? स्थिर सरकार हुँदा प्राप्त लाभ कसरी गुमाउँदैछौं ? जुन स्थिरताको छलफल गरिरहेका हुन्छौं त्यसको उद्देश्य के हो ?,' उनले भने । स्थिर सरकार गठन गर्ने भनिरहेका बेला त्यसबाट लाभ आम नेपाली जनताले पाउने कि नपाउने भन्ने मूल प्रश्न रहेको थापाको भनाइ थियो ।

प्रकाशित : आश्विन ८, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?