कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चुनावको नाममा केन्द्रको विकृति प्रदेश र स्थानीय तहमा लिएर गयौं : उपमहासचिव पुन

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनाव लड्ने क्रममा केन्द्रको विकृति प्रदेश र प्रदेशको विकृति स्थानीय तहमा लैजाने गरिएको बताएका छन् । शनिबार विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रममा बोल्दै पुनले नेपाली समाज 'सामन्ती' भएकोले यसलाई पुनर्संरचना गर्न आवश्यक रहेको बताए ।  

चुनावको नाममा केन्द्रको विकृति प्रदेश र स्थानीय तहमा लिएर गयौं : उपमहासचिव पुन

‘हामी केन्द्रकै नेता प्रदेशमा चुनाव लड्ने, प्रदेशका नेता स्थानीय तहमा जाने गरेका छौं । राम्रो गर्ने, राम्रो प्रतिस्पर्धा गर्ने भन्दाभन्दै केन्द्रको विकृति लिएर जाने गरेका छौ,’ पुनले भने, ‘केन्द्रका केही न केही विकृति, नराम्रा कामहरु लिएर आउने गरेका छौं । समाजका सबै क्षेत्रहरुमा यस्तो भइरहेको छ ।’

पूर्व अर्थमन्त्री समेत रहेका पुनले प्रादेशिक तहका बहस/अन्तर्क्रिया आवश्यक रहेको बताए । प्रदेश १ कृषि र उद्योगमा अब्बल रहेको बताउँदै उनले अझै सम्भावना रहेको बताए । ‘प्रदेश १ र राष्ट्रिय आँकडा तुलना गरेर हेर्दा कूल ग्राहस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब पुगेछ । प्रदेश १ को योगदान १५.७ प्रतिशत छ । वाग्मती पछि धेरै योगदान प्रदेश १ कै छ, खासगरी कृषिको क्षेत्रमा पहिलो नम्बरमा छ,’ उनले भने, ‘यद्यपी, कृषिको योगदान करिब २३ प्रतिशत हाराहारीमा योगदान छ । अदुवा, चिया, धान, मकै उत्पादनमा अग्र स्थानमा छ । अझै सम्भावना पनि छ ।’

प्रकाशित : आश्विन ८, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×