कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‍निर्वाचन सुरक्षा तयारीका लागि चारै सुरक्षा निकाय प्रमुखबीच छलफल

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा तयारीबारे सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार चारै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ ।

‍निर्वाचन सुरक्षा तयारीका लागि चारै सुरक्षा निकाय प्रमुखबीच छलफल

नेपाली सेनाका अनुसार सैनिक उच्च अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफलमा समसामायिक तथा समग्र सुरक्षा अवस्थाको समीक्षासमेत गरिएको थियो ।

छलफलमा विशेषत: आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल एवं अन्तरक्रिया भएको थियो ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९’ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच भेटवार्ता तथा छलफल भएको हो ।

‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरु केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्नेलगायत विषयहरूमा समेत छलफल भएको थियो,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा हुँदैछ ।

प्रकाशित : आश्विन ६, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?