कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

काठमाडौं-६ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौँ — काठमाडौं-६ बाट आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित मियाँलाई पार्टीमा प्रवेश गराएका हुन् ।

काठमाडौं-६ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

मियाँ यसअघि विवेकशील साझा पार्टीमा आबद्धसमेत थिए । उनी उक्त पार्टीको युवा संगठनका संयोजकसमेत रहेका थिए । पछिल्लो पटक स्थानीय तहको चुनावमा उनी निर्वाचन परिचालन समितिमा सदस्य थिए ।

स्थानीय तहको चुनावपछि उनले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ६, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?