कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कपनको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो [अपडेट]

काठमाडौँ — बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरीका एसएसपी भरत बोहराले कान्तिपुरलाई बताए । 'एजेन्सी सञ्चालकले भुइँतलामा सिलिन्डर राखेको रहेछ । त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भयो । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल छन्,' उनले भने ।

शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसएसपी बोहोराले बताए । उनका अनुसार दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×