कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयकमा जनमोर्चाको फरक मत, विज्ञप्तिमा गरेन हस्ताक्षर

काठमाडौँ — सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयकमा फरक मत राखेको छ । जनमोर्चाका नेताहरू बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहभागी थिए । तर, गठबन्धनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे जारी गरेको विज्ञप्तिमा हस्ताक्षर गर्न मानेन ।

नागरिकता विधेयकमा जनमोर्चाको फरक मत, विज्ञप्तिमा गरेन हस्ताक्षर

गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले संयुक्त हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्नु असंवैधानिक भएको उल्लेख गरेका छन् । तर, जनमोर्चाले भने फरक मत राखेको हो ।

जनमोर्चाका महासचिव हिमलाल पुरीले नागरिकता विधेयकमा रहेका व्यवस्थाहरूमाथि नै फरक मत रहेकाले विधेयक प्रमाणीकरण नभएको विषयमा पार्टीले फरक मत राखेको बताए ।

‘हामीले नागरिकता विधेयकमै फरक मत राखेका हौँ । तर, बहुमतले विधेयक पास भयो,’ उनले भने, ‘अहिले राष्ट्रपतिजीले त्यसलाई निष्क्रिय पार्नुभएको छ । हामीले खास गरी अंगीकृत नागरिकको हकमा नागरिकता दिने व्यवस्थामा फरक मत राखेका हौँ ।’

उनले राष्ट्रपति भण्डारीले संविधानमाथि नै संकट पैदा गर्ने नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको अवस्था भएमा भने आफूहरूले विरोध गर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जनमोर्चाले गठबन्धनमा रहेर चुनावी तालमेलबाट लाभ लिइरहेको छ । तर सरकारमा भने गएको छैन ।

प्रकाशित : आश्विन ५, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?