कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आमनिर्वाचन २०७९

कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ बाँकी हुनुका साथै आयोगमा दर्ता भएका दलभन्दा कम दलले समानुपातिक बन्द सूची बुझाएकाले मतपत्र संशोधन

काठमाडौँ — निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो ।

कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

आयोगमा यसअघि सुदूरपश्चिममा ५० दल र कर्णाली प्रदेशमा ४९ दलले समानुातिकमा सहभागि हुने निवेदन दिएका थिए । आइतबार र सोमबार आयोगमा बन्दसूची बुझाउँदा सुदूरपश्चिममा समानुपातिकको २१ सीटमा ३४ दलले मात्रै बन्द सूची बुझाएका छन् । त्यस्तै कर्णाली ४९ दलले समानुपातिकमा भाग लिने भन्दै निवेदन दिएकोमा २८ दलले मात्रै बन्दसूची बुझाएका छन् ।

दर्ताको आधारमा समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरिसकेको थियो । सोमबारसम्म कर्णाली र सुदूरपश्चिमको मात्रै मतपत्र छपाइ गर्न बाँकी रहेकाले आयोगले दुबै प्रदेशमा बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर मतपत्र छपाइ गर्ने भएको छ । प्रत्यक्ष तर्फको मतपत्र भने सबै प्रदेशमा उम्मेदवार रहेको चिह्नको मात्रै मतपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । बन्दसूचीमा सहभागी हुने भन्दै यसअघि निवेदन दिएका ६८ दलमध्ये ४८ ले मात्रै बन्दसूची दर्ता गरेका हुन् । प्रतिनिधिसभामा १ सय १० सीट समानुपातिकबाट निर्वाचित हुन्छन् ।

प्रदेश १ मा ५५ दलले भाग लिने भनिएकोमा ३६ वटा दलले मात्रै बन्दसूची बुझाएका छन् । मधेश प्रदेशमा ५९ दलले समानुपातिकमा भाग लिन निवेदन दिएकोमा ३६ दलले बन्दसूची बुझाएका छन् । वाग्मतीमा ५८ दलले निवेदन दिएकोमा ४० दलले बन्दसूची बुझाएका छन् ।

गण्डकीमा ५२ दलले समानुपातिकमा सहभागी हुने भनिए पनि ३१ दलले, लुम्बिनीमा ५४ दलले निवेदन दिएकोमा ३२ दलले मात्रै बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगले दलले निवेदन दिएको आधारमा चिह्न राखेर मतपत्र छपाइ गरिसकेको छ । राजनीतिक दलले आयोगमा गरेको प्रतिबद्धता र निवेदनको आधारमा मतपत्र छपाइ गर्दा धेरै चिह्न भएको मतपत्र छापिएको छ । दर्ता भएर बन्द सूची नबुझाउने दललाई आयोगले स्पष्टिकरण सोध्ने भएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?