७५ निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम बाहिर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७५ निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम बाहिर

कान्तिपुर संवाददाता

मकर श्रेष्ठ — प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ७५ स्थानमा सदरमुकामभन्दा फरक स्थानमा निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ७५ स्थानमा सदरमुकामभन्दा फरक क्षेत्रमा कार्यालय खोल्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा रहेपछि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । काठमाडौंमा सबैभन्दा बढी १० वटा निर्वाचन कार्यालय स्थापना हुनेछ ।

काठमाडौं क्षेत्र नम्बर २ को कागेश्वर मनोहरा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर, ४ नम्बर क्षेत्रको बुढानीलकण्ठ, ५ नम्बर क्षेत्रको कार्यालय टोखामा खुल्ने भएको छ । ६ नम्बर क्षेत्रको कार्यालय तार्केश्वरमा, ७ र ८ नम्बरको काठमाडौं महानगरपालिका, ९ नम्बर क्षेत्रको नार्गाजुन नगरपालिका र १० नम्बर क्षेत्रको निर्वाचन कार्यालय कीर्तिपुरमा खुल्ने भएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

भ्रमण खर्च नदिएको भन्दै विद्यार्थीले गरे सिम्रौनगढ नगर कार्यालय तोडफोड

लक्ष्मी साह

बारा — बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा विद्यार्थी समूहले मंगलबार तोडफोड गरेको छ । भ्रमण खर्च नदिएको भन्दै कचोर्वा, कंकाली, खजानी माद्यमिक विद्यालयलगायत कक्षा ९ र १० का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेर क्षति पुर्‍याएका हुन् ।

कार्यालयका झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, गाडी, टिभी, एसी, सोफालगायतमा तोडफोड गरिएको नगरपालिकाका अधिकारीले जनाए । ती अधिकारीका अनुसार लाखौैं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु नगर प्रमुख किशोरी साह कलवारलाई भेट्न गएका थिए । तर नगर प्रमुख कलवारले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालयमार्फत बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई आश्वासन दिएका थिए । तर, विद्यार्थी समूहले मेयर साहको कुरा अटेर गर्दै कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । विद्यार्थीहरूले ढुंगामुढासमेत गरेका थिए ।

नगर कार्यालय तोडफोडको सूचनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थल पुगेर विद्यार्थीहरुमाथि सामान्य बल प्रयोग गरेको छ । लाठीचार्जले केही विद्यार्थी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी घटनास्थल पुगेर जानकारी लिएका छन् । प्रहरी उपरीक्षक बोगटीले घटनाबारे विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताए ।

विद्यार्थीको तोडफोडले कार्यालयको दैनिक कार्यसमेत प्रभावित हुने भएको छ । लेखा, आइटी, जिन्सी, योजना शाखाका सबै कम्प्युटर फुटाइदिएका छन् । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको कोठामा समेत क्षति पुर्‍याइएको छ ।

नगर प्रमुख कलवारले केही अराजक विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाए । यसबारे प्रहरीलाई सबै सूचना दिएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ २०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×