आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

रासस

काठमाडौँ — यातयात व्यवस्था विभागले आकस्मिकरुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । 

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार विभागले सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिकरुपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रुपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : आश्विन २, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना, २ लाखसम्म छुट तथा १ वर्षको बिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङस्‌को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  दसैंतिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा र स्क्राच कार्डमार्फत् एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्ने छन् । यो योजना सीमित अवधिका लागि भएको कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारबमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी लगायत मोडेलका गाडी बिक्री वितरण गर्दै आएको छ ।


प्रकाशित : आश्विन २, २०७९ १७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×