कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जसपाकी केन्द्रीय सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद अमृता अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा आइतबार अग्रहरीलाई स्वागत गरेका छन् ।

जसपाकी केन्द्रीय सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश

समानुपातिक उम्मेदवार छान्नका लागि सचिवालय बैठक चलिरहेको समयमा एमाले अध्यक्ष ओलीले अग्रहरीलाई स्वागत गरेका थिए।

'नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील हुँदै हाल प्रतिनिधिसभा सदस्य तथा जसपाकी नेतृ अमृता आग्रहरी आजदेखि औपचारिकरुपले नेकपा एमालेमा समाहित हुनुभएको छ,' एमाले सचिव योगेश भट्टराई भने, 'अध्यक्ष कमरेड केपी ओलीले आज उहाँलाई पार्टीमा स्वागत गर्नु भएको छ ।'

गजेन्द्रनारायण सिंहको नेपाल सद्भा‌वना पार्टीको संस्थापक सदस्यमध्ये अग्रहरी एक रहेकी थिइन् ।

यसअघि अग्रहरी सम्बद्ध पार्टी जसपा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । - सम्पादक

प्रकाशित : आश्विन २, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?