कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोगको कार्यालयमा विरोध जनाएपछि साना दलका तीन नेता प्रहरी नियन्त्रणमा

काठमाडौँ — तीनवटा साना राजनीतिक दलका नेताहरूले निर्वाचन आयोगको कार्यालयमा होहल्ला गर्दै आयोगको निर्णयमा विरोध जनाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष कृष्णगोपाल बञ्जरा, नेकपा राष्ट्रवादीका अध्यक्ष मीननाथ देवकोटा र समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफललाई प्रहरीले निर्वाचन आयोगको कार्यालयबाट पक्राउ गरेको हो ।

आयोगको कार्यालयमा विरोध जनाएपछि साना दलका तीन नेता प्रहरी नियन्त्रणमा

महाधिवेशन नगरेको भन्दै आयोगले जरिवाना गरेको पत्र दिएपछि उनीहरुले आयोग कार्यालयमा होहल्ला गरेका थिए । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन जाँदा आफूहरू पक्राउ परेको उनीहरुले बताएका छन् ।

आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूको ठाडो आदेशबाट आफूहरू पक्राउ परेको समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले बताए । 'हामी समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन जाँदा आयोगले जरिवानाको पत्र थमाइयो । तर हामीले पूर्वसूचना बिना नै थमाइएको पत्र नबुझ्ने भनेर विरोध जनाएपछि तत्कालै सचिवज्यूको कार्यालयबाट हामीलाई प्रहरीले नियन्त्रणमा लियो ।'

युवराजका अनुसार उनीहरूलाई अहिले दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको छ । कांग्रेस, एमाले लगायतका पार्टीले समयमै महाधिवेशन नगर्दा केही नगरेको तर साना दलमाथि आयोगले सिण्डिकेट लगाएको उनीहरूको गुनासो छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जरिवाना तिरेर मात्रै निर्वाचनमा सहभागी हुन भनेपछि उनीहरूले आयोगमै विरोध जनाएपछि आयोगमा होहल्ला गरेको भन्दै पक्राउ गरिएको थियो ।

पक्राउ पर्ने ती नेताहरू वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानमा संलग्न भएको केही दिनमै एकतर्फी रुपमा गौतमलाई आफूहरूले कारबाही गरेको भन्दै अभियानबाट बाहिरिएका थिए ।

प्रकाशित : आश्विन २, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?