निलम्बित प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन समितिको सिफारिस- समाचार - कान्तिपुर समाचार

निलम्बित प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन समितिको सिफारिस

एमाले र लोसपाका सांसद महाभियोगको विपक्षमा
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन संसदीय सिफारिस समितिले निर्णय गरेको छ । सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् । एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका छन् । उनीहरुले महाभियोग लगाउने वा नलगाउने विषयमा अध्ययन नै अपुग भएको बताएका छन् ।

महाभियोग पक्षमा रामबहादुर विष्ट, मीन विश्वकर्मा, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, कल्याणी खड्का र प्रमोद साह रहेका छन् भने विपक्षमा विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र इकबाल मियाँ रहेका छन् ।

पक्षमा रहेका सांसदहरु सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भ्रष्टाचार बाहेककै विषयमै राणाविरुद्ध महाभियोग लगाउन सकिने निष्कर्ष निकालेका हुन् ।

विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राणामाथि लगाएको आरोपमाथि विषयमा थप छानबिन हुनुपर्ने बताउँदै आएको छ । 'एमाले महाभियोग लगाउने वा नलगाउने विषयमा केही भनेको छैन । हामीले यसको प्रक्रियामा असन्तुष्टि जनाएका हौं,' एमाले सांसद विष्णु पौडेलले भने ।

प्रकाशित : आश्विन १, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा (एस)ले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव बेदुराम भुसालले पार्टी संगठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए ।

उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको महासचिव भुसालले जानकारी दिए ।

संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उनले जानकारी दिए ।

प्रकाशित : आश्विन १, २०७९ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×