कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अछाम पहिरो [अपडेट]

 १७ जनाको मृत्यु, ६ जना बेपत्ता 

मेनुका ढुंगाना

अछाम — अछामका विभिन्न ४ ठाउँमा शुक्रबार राति पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ । 

 १७ जनाको मृत्यु, ६ जना बेपत्ता 

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर- ५ नाडामा ४ जनाको शव जनाको शव जनाको शव फेला परेको छ ५ जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै ढकारी गाउँपालिका वडा नम्बर-६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ । १ जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए । कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको उनले बताए ।

कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते रहेको रिजालले बताए । तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ । घाइतेको थप उपचारका लागि हेलिकप्टरमार्फत उद्वार भइरहेको छ ।

प्रकाशित : आश्विन १, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?