कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

समितिले पूरक प्रश्नका लागि जबरालाई शुक्रबार बिहान ९ बजे बोलायो

काठमाडौँ — प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शुक्रबार बिहान ९ बजे पूरक प्रश्नका लागि बोलाएको छ । निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिने क्रम सकिएपछि पूरक प्रश्नका लागि शुक्रबार बिहान ९ बजे बोलाएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

समितिले पूरक प्रश्नका लागि जबरालाई शुक्रबार बिहान ९ बजे बोलायो

बिहीबार समितिले निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका अधिवक्ताहरूसँग छलफल गरेको थियो । बिहीबार समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको थियो ।

बैठकमा सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू भने उपस्थित भएका थिएनन् । पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा उपस्थित थिएनन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए ।

बयानका क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूलाई पनि असान्दर्भिक प्रसंगमा तान्दै लाञ्छना लगाएका थिए । समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

प्रकाशित : भाद्र ३०, २०७९ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×