कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लीको नेपाल भ्रमण : ९ बजेपछि काठमाडौंमा सवारी आवागमन प्रभावित हुने

काठमाडौँ — काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार सवारी आवागमन प्रभावित हुने भएको छ । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन प्रभावित भएको छ ।

लीको नेपाल भ्रमण : ९ बजेपछि काठमाडौंमा सवारी आवागमन प्रभावित हुने

बिहान पौने ९ बजे आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजेको समयमा भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्नका लागि समेत अनुरोध गरिएको छ ।

प्रकाशित : भाद्र २८, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?