कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चीनमा भेटिए नेपालका दुई पुरातात्विक सम्पदा

काठमाडौँ — नेपालका बौद्ध स्मारक र मठमन्दिरबाट चोरिएका पुरातात्विक सम्पदा चीनका निजी कला संग्रहकर्ताकहाँ फेला पर्न थालेका छन् । कला–सम्पदा खोजबिन एवं पहिचानका निम्ति अग्रसर अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, गोकर्णको गोकर्णेश्वर मन्दिर क्षेत्रमा रहेको तारा/पार्वती प्रतीमासँगै रहेको घुँडा टेकेर बसिरहेका भक्त/दाताको मूर्ति चीनको झुजिन्जु आर्टस्को सग्रहमा फेला परेको छ ।

चीनमा भेटिए नेपालका दुई पुरातात्विक सम्पदा

उन्नसाइसौं शताब्दीमा निर्मित यो सम्पदा सन् २०१४ मा चोरिएको अनुमान छ । यो प्रतीमाको तस्बिर कलाविद् उल्रिच भोन स्क्रोडरले आफ्नो कृति ‘स्टोन स्क्लप्चर्स’(२०१९)मा समेटेका छन् । यस्तै, यो प्रतीमाको सन् २०१४ अप्रिल १६ मा सुनिल डंगोलले गोकर्णेश्वर मन्दिर परिसरमै तस्बिर लिएका थिए ।

यस्तै, थापाहिटी, पाटनस्थित हिटी फुसा बहाबाट सन् ८० को दशकमा चोरिएको सम्पदा काष्ठ तोरन बेइजिङस्थित सिजियान्जुको संग्रहमा फेला परेको छ । ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, सत्रौं शताब्दीको सृजना मानिने तोरनको तस्बिर ‘हन्टिङ्टन अर्काइभ’ले सन् ७० को दशकमा लिएको थियो । अमेरिकाको ओहायोस्थित कलाविज्ञ प्राध्यापक सुसन एल. हन्टिङ्टनले एसियाली कलाका ३ लाखभन्दा बढी तस्बिर प्रमाण संरक्षित गरेकोमा नेपालमा रहेका थुप्रै बौद्ध सम्पदा–प्रतिमाको तस्बिर यो संग्रहमा रहेका छन् ।

प्रकाशित : भाद्र २६, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×