कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

नेपालमा अहिले खल्तीमा पैसा नबोके पनि मोबाइलबाटै तिर्न सकिन्छ : सिद्धार्थ राजा

काठमाडौँ — विश्व बैंकका सिनियर डिजिटल डेभलेपमेन्ट स्पेसलिस्ट सिद्धार्थ राजाले नेपालमा डिजिटल नेटवर्किङ प्रशंसायोग्य रहेको बताएका छन् ।

नेपालमा अहिले खल्तीमा पैसा नबोके पनि मोबाइलबाटै तिर्न सकिन्छ : सिद्धार्थ राजा

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभको डिजिटल रूपान्तरणको लाभ सत्रमा राजाले सबैलाई प्रविधिसँग जोड्न सकेमा कारोबारमा फनि सुधार हुने बताएका हुन् ।

केही ठाउँमा इन्टरनेटको गुणस्तरमा सुधार गर्नुपर्ने उल्लेख गर्दै राजाले भने, 'नेपालमा अहिले सबै कुनामा मोबाइल नेटवर्क पुगेको भनेर सुनिन्छ । त्यो पनि सकारात्मक कुरा हो । तर नेपालमा सहरी क्षेत्रका २० प्रतिशतमा मात्रै ब्रोड ब्यान्ड इन्टरनेट छ । त्यसमा केही काम गर्नुपर्ने देखिन्छ । साथै त्यसमा पनि ९० प्रतिशत फाइबर कनेक्सन हुनु धेरै राम्रो हो ।'

उनले अहिले खल्तीमा पैसा नबोके पनि मोबाइलबाट तिर्न सकिने अवस्था रहेको बताए । उनले अगाडि भने, 'नेपालमा अहिले पैसा नबोके पनि मोबाइलबाट पैसा तिरेर हिँड्न सकिने अवस्था छ । मैले एकपटक घरमा पर्स छोडेर हिँड्दाको अनुभव हो त्यो ।गुणस्तर र परिमाणमा भने केही काम गर्नुपर्ने देखिन्छ । नभएर युवाहरु त्यसको खोजीमा नेपाल बाहिर जाने विषयलाई नियन्त्रण गर्न सकिन्न ।'

त्यसैगरी साइबर सुरक्षामा पनि केही काम गर्नुपर्ने उनले बताए । उनले भने, 'साइबर सेक्युरिटीमा पनि केही काम गर्नुपर्छ किनकि आफ्नो व्यक्तिगत विवरण कसरी प्रयोग हुन्छ भन्ने विषयमा धेरैलाई चिन्ता हुन्छ ।'

त्यस्तै डेटा वितरण कसरी हुन्छ भन्ने विषयमा भने संसारभर चर्चा हुने गरेको उनले बताए । उनले अगाडि भने, 'डेटा कसरी साझा हुन्छ भन्ने विषय अहिले संसारभर धेरै नै चर्चामा रहेको छ । डेटाको विश्वव्यापीकरणले गर्दा जुनसुकै स्थानमा बसेर पनि काम गर्न सकिने अवस्था छ । तर तपाईंको डेटा कसरी प्रयोग गर्ने भन्ने विषयमा कसले निर्णय गर्ने भन्ने चुनौती पनि छ । युरोपमा त्यस विषयमा छुट्टै कानुन छ । केही व्यापारिक संस्थाहरूमा पनि त्यस प्रकारका नियमहरु छन् ।'

कोभिड महामारीले डेटाको महत्त्वलाई धेरै हदसम्म सार्वजनिक बहसको विषय बनाउन मद्दत गरेको उनले बताए । 'खासगरी खोप कसरी बन्छ कहिले बन्छ कहीले पाइन्छ भन्ने विषयका डेटाहरू सार्वजनिक भएकैले पनि त्यसबारे धेरै कुराहरु आममानिसले थाहा पाए,' उनले भने ।

त्यसैगरी खुला सीमा नेपालका लागि चुनौती र अवसर दुवै भएको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?