कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६८

जलवायु संकटको सामना पैसाले मात्रै हुँदैन : ब्रुक्स

काठमाडौँ — विश्व बैंक समूह नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्सले जलवायु समस्याको समाधान पैसाले मात्रै नहुने बताएकी छन् । तेस्रो कान्तिपुर कन्क्लेभको पहिलो सत्र 'जलवायु संकटको सामना' मा बोल्दै उनले जलवायु संकटमा परेका मुलुकमा पैसा खन्याएर मात्रै समाधान नहुने उनको भनाइ थियो । 

जलवायु संकटको सामना पैसाले मात्रै हुँदैन : ब्रुक्स

काठमाडौंमा शनिबारबाट सुरु भएको कान्तिपुर कन्क्लेभमा ब्रुक्सले हरितगृह ग्यास उत्सर्जन गर्ने र पैसा तिर्दा मात्रै जलवायुमा पर्ने संकटको समाधान नहुने बताइन् ।

'जब हामी नाफा खोज्छौं तब हरितगृह ग्यास उत्पादन वृद्धि हुन्छ । यसको समाधान पैसा मात्रै होइन । यो समस्या समाधान गर्न भन्दै तपाईंं पैसा तिरेर भाग्दा सक्नुहुन्न,' उनले भनिन् ।

‘हरित गृह ग्यास उत्सर्जन कटौती गर्ने काम पैसासँगमात्र सम्बन्धित छैन । हामीले पैसा मात्र दिने र यत्तिकै बाँकी छोडिदिने हो भने यसले नतिजा दिँदैन,’ ब्रुक्सले भनिन्, ‘नेपालले अहिलेको विकास अवस्था र आवश्यकता पहिचान पहिचान गरेर सोही अनुरुप काम गर्नुपर्छ ।’

नेपाल विकासोन्मुखबाट विकासशील मुलुकमा अघि बढिरहँदा ऊर्जा पूर्वाधारलगायतका क्षेत्रमा राम्रो प्रगति गरिरहेको पनि उनले बताइन । ‘ जलवायु परिवर्तनका मुद्दा व्यवस्थापनमा नेपालले दक्षिण एसियाका अरु मुलुकको तुलनामा राम्रो काम गरिरहेको छ । तर आगामी दिनमा पनि यही ढाँचा र अवधारणा उपयुक्त छ त भनेर हेर्न जरुरी छ,’ ब्रुक्सले भनिन् ‘ आगामी दिनमा विकासका वाहकहरू परिवर्तन हुन सक्छन् र जलवायु परिवर्तनका मुद्दालाई नयाँ तरिकाले सम्बोधन गर्नुपर्ने हुनसक्छ ।’

विगत २ दशकको अवधिमा नेपालका विकास बाहकहरु कुन क्षेत्र देखिएका छन र आगामी दिनमा कुन क्षेत्र अगाडि आउँछन भनेर खोजी गरिनुपर्ने धारणा पनि उनले राखिन । ‘नेपालको अर्थतन्त्र गार्हस्थ्य माग (डोमेस्टिक डिमान्ड) सँग सम्बन्धित छ । यसमा आन्तरिक उपभोग र आन्तरिक उत्पादन मुख्य छन् । रेमिट्यान्सबाट वित्त परिचालन भइरहेको छ,’ उनले भनिन्, ‘आगामी दिनमा पनि यही अवधारणा र ढाँचा बोकेर अघि बढ्ने वा नयाँ आयाम खोज्ने भन्ने प्राथमिकता निर्धारण नेपालले गर्न जरुरी छ । नेपालको एक क्षेत्रको आवश्यकता अर्को क्षेत्रको आवश्यकतासँग मेल खाँदैन । हरेकका आ-आफनै आवश्यकता हुन सक्छन् ।’

जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्न विश्व बैंकले विभिन्न देशका सरकारसँग सहकार्य गरिरहेको र नेपालमा आगामी ५ वर्षमा के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका उनले बताइन् ।

नेपाल दक्षिण एसियाकै तीव्र रूपमा सहरीकरण भइरहेको मुलुक भएकाले जलवायु परिवर्तनको असर पनि त्यो दरमा नै बढ्ने उनको भनाइ छ । सहरीकरणसँगै निजी तर सार्वजनिक सवारी प्रयोग व्यवस्थापन, फोहोर व्यवस्थापन चुनौती रहेको ब्रुक्सको भनाइ छ । उनले ठाउँअनुसार स्थानीयका समस्या फरकफरक हुने भएकाले जलवायु परिवर्तनले निम्त्याउने संकटको स्थानीय समाधान खोज्नुपर्ने सुझाइन् ।

प्रकाशित : भाद्र २५, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?