२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

आवधिक निर्वाचनले जनताको विश्वास बढाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताएका छन् । 

आवधिक निर्वाचनले जनताको विश्वास बढाउँछ : प्रधानमन्त्री देउवा

कान्तिपुर पब्लिकेसनले आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा नागरिक सहभागिताले शासन प्रक्रियामा युवा र महिलाहरूको सहभागिता बढाउनुको साथै कानुनी शासनलाई समेत बलियो पार्ने बताए ।

उनले सरकार स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको बताए । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र स्थानीय निर्वाचनमा युवा, महिला र विपन्न वर्गको सहभागिता बढेको भन्दै प्रधानमन्त्री देउवाले यसले लोकतान्त्रिक अभ्यासलाई गति दिएको बताए ।

यसका साथै प्रधानमन्त्री देउवाले निर्वाचन सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रिया भन्दै कानुनी शासनले जनतामा प्रजातन्त्रप्रतिको विश्वास अझ बढाउने उल्लेख गरे ।

प्रकाशित : भाद्र २५, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?