कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

काठमाडौँ — बेलायती महारानी एलिजावेभको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकारले उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको यस्तो निर्णय गरेको हो ।

'संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,' सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : भाद्र २४, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?