कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

मलेसियामा मृत्युदण्डबाट जोगिए तेली, १२ वर्ष कैद राख्ने फैसला

होम कार्की

काठमाडौँ — धनुषाका सुरजदेव शाह तेली मलेसियामा मृत्युदण्डबाट जोगिएका छन् । उनलाई मलेसियाको पुत्रजायस्थित पुनरावेदन अदालतले मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको छ ।

मलेसियामा मृत्युदण्डबाट जोगिए तेली, १२ वर्ष कैद राख्ने फैसला

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार अदालतले बिहीबार मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी १२ वर्ष जेल सजाय कायम गरेको हो ।

दुई वर्षअघि सन् २०२० मा इपो उच्च अदालतले ३८ वर्षीय तेलीलाई मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसला गरेपछि नेपाली दूतावासले पुनरावेदन गरेको थियो । तेलीलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको थियो ।

उनलाई सन् २०१६ डिसेम्बर २ बिहान ४ बजे एक मलेसियन नागरिकको हत्या गरेको अभियोगमा अदालतमा मुद्दा चलेको हो । तेलीले आफूले हत्या नगरी शवलाई व्यवस्थापन गर्न सहयोगमात्रै गरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २३, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×