कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री

सन्जु पौडेल

बुटवल — नेकपा समाजवादीकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् ।

गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार पर्ने बताएकी हुन् ।

स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्, ‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक–फरक कुरा गरेर जनतालाई झुक्याएको आरोपसमते लगाइन् ।

प्रकाशित : भाद्र २३, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?