कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीमा कांग्रेसबाट उपसभामुख भुसालसहित ५ जनाको नाम सिफारिस

वीरेन्द्र केसी

अर्घाखाँची — कांग्रेसले अर्घाखाँचीमा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवारका लागि उपसभामुख पुष्पा भुसाल गौतमसहित ५ जनाको नाम सिफारिस गरेको छ । 

अर्घाखाँचीमा कांग्रेसबाट उपसभामुख भुसालसहित ५ जनाको नाम सिफारिस

कांग्रेस जिल्ला कार्यसमतिको बैठकले पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, नेताहरु डा. रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्ति श्रेष्ठलाई पाटीको प्रदेश र केन्द्रमा सिफारिस गरेको छ ।

संघीय सांसदका आकांक्षी लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाललाई जिल्लाले प्रदेशको समानुपातिकमा र कांग्रेसको प्रदेशसभा (क) र (ख) का क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षमा सिफारिस गरेको जिल्ला सचिव कृष्णप्रसाद खनालले बताए । ५ दलीय गठबन्धनमा संघ कांग्रेसलाई पर्ने र सजिलै जितिने आकलन गर्दै टिकट पाउन नेताहरु कसरतमा छन् ।

एमालेले प्रतिनिधिसभाका लागि केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई सर्वसम्मत एकल सिफारिस गरेको छ । उनी चौथो पटक चुनाव लड्दैछन् । दुई पटक लगातार माओवादी र २०७४ मा एमाले, राजमोको सहयोगमा निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपी शर्मा ओलीतिर लागेका रायमाझी आउँदो चुनावमा नयाँ एमालेबाट भिड्दैछन् । रायमाझीसँग एक पटक कांग्रेसका मानबहादुर विश्वकर्मा र दुई पटक लगातार कांग्रेस नेता रामबहादुर बिसी पराजित भएका थिए ।

प्रकाशित : भाद्र २१, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?