कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको ७ लाखसहित एक जना पक्राउ

काठमाडौँ — पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेटस्थित सडकखण्डमा स्रोत नखुलेको रकम लिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ मोटरसाइकलमा आउँदै गरेका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई प्रहरीले ७ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले कुर्मीलाई पक्राउ गरेको विज्ञप्ति मार्फत् जानकारी दिइएको छ ।

कुर्मीको ना २८ प २८९० नम्बरको रातो रंगको मोटरसाइकल रोकी जाँच गर्दा कुर्मीले मोटरसाइकलको सिटमुनि र ट्याङ्कीमा लुकाएर राखेको ७ लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले कुर्मीलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्ध कसुरमा अनुसन्धान अगाडि बढाएको पर्सा जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रकाशित : भाद्र १९, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?