२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

किशोरीमाथि सामूहिक बलात्कार

विराटनगर

विराटनगर — प्रेमीलाई नियन्त्रणमा लिई पाँच युवकले १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् । घटनामा संलग्न मोरङको विराटनगर–४ इकराहीका २९ वर्षीय सन्तोष मण्डललाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार रहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जनाए ।

किशोरीमाथि सामूहिक बलात्कार

ती युवती कोसी अस्पताल अगाडिको एक क्याफेमा जन्मदिन मनाएर गत बिहीबार राति प्रेमीसँगै घर फर्कने क्रममा बलात्कारको सिकार भएकी हुन् । विराटनगर–१४ स्थित जतुवा अगाडिको सुनसरी सिँचाइ आयोजनाको नहर नजिकै घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जहदा–७ मा भदौ १६ मा ३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जहदा–७ का सञ्जय सोरेन र राहुल साह पक्राउ परेका छन् । उनीहरूले घर नजिकैको खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १९, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?