कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने बताए ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

उनका अनुसार गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् ।

यस्तै शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित : भाद्र १७, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?