२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

कक्षा १२ को परीक्षाफल प्रकाशित

ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित, ३ लाख ६३ हजार ८ परीक्षार्थीमध्ये १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा
सुदीप कैनी

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । 

कक्षा १२ को परीक्षाफल प्रकाशित

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।

एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।

नियमिततर्फ ३ लाख ६३ हजार ८ विद्यार्थी परीक्षामा सहभागी थिए । ग्रेडवृद्धिमा ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ गरी ३ लाख ९६ हजार १८५ परीक्षार्थी परीक्षामा सामेल थिए ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसरी हेर्नुहोस् परीक्षाफल

विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

प्रकाशित : भाद्र १७, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?