कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३
१५औं पुस्तकालय दिवस 

बन्द छन् देशभरका अधिकांश पुस्तकालय

काठमाडौँ — देशभर बुधबार १५औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ आर्दश वाक्यका दिवस मनाउन लागिएको १५औं पुस्तकालय दिवस मूल आयोजक समितिका संयोजक यादवचन्द्र निरौलाले जानकारी दिए ।

बन्द छन् देशभरका अधिकांश पुस्तकालय

शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र पौडेलेको उपस्थितिमा समितिले काठमाडौंमा दिवस मनाउँदैछ । पुस्तकालय र सूचना विज्ञानको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति/संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका उपसचिवसमेत रहेका निरौलाले बताए । समितिले विभिन्न विश्वविद्यालय, ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई, ७ सय ५३ स्थानीय तहलाई समेत सप्ताहव्यापी रूपमा दिवस मनाउन आग्रह गरेको थियो ।

दिवस मनाइरहँदा पुस्तकालयको अवस्था भने दयानीय रहेको पाइएको छ । सरकारले पहिले पटक गरेको पुस्तकालयको तथ्यांक संकलनमा देशभरका अधिकांश पुस्तकालय बन्द रहेको भेटिएको हो । रिड नेपाल र शान्ति भोलिन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको अध्ययनमा देशभर ९ सय २८ वटा पुस्तकालय रहेको र ती मध्ये ६ सय ९१ वटा बन्द अवस्थामा रहेको भेटिएको निरौलाले बताए ।

२ सय २७ वटा पुस्तकालयमात्रै नियमित रूपमा सञ्चालनमा रहेको पाइएको हो । ‘पुस्तकालयहरूको अवस्था कस्तो छ ?, कति छन् भनेर अहिलेसम्म यकिन तथ्यांक थिएन,’ उनले भने, ‘अध्ययन गर्दा न्यून संख्यामा मात्रै सञ्चालनमा रहेको भेटियो ।’

२ सय २७ बाहेक केही जेनतेन चलिरहेको र केही दर्ताबिनै सञ्चालन भएकाले अध्ययनमा सहभागी हुन नचाहेको उनले जनाए । अधिकांश पुस्तकालय भने निष्क्रिय अवस्थामा भेटिएको उनले जनाए । गत असार १५ गते तथ्यांक संकलन तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

भूकम्पले क्षति पूर्‍याएका ठूला पुस्तकालयको पनि पुनर्निर्माण हुन सकेको छैन । काठमाडौंको जमलमा निर्माण हुने राष्ट्रिय पुस्तकालय टेन्डर प्रक्रियामा छ । भवनमा अभावमा राष्ट्रिय पुस्तकालयलाई हरिहरभवनबाट भक्तपुरस्थित सानोठिमीमा सारिएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र केशर पुस्तकालय पुनर्निर्माणको चरणमा छ ।

प्रकाशित : भाद्र १५, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×