सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । 

नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम कालका लागि रोक लगाएपछि मेयर शाहले संविधान संशोधन गरेर 'नक्सा पासको अधिकार अदालतलाई दिऔं' भन्दै प्रतिक्रिया जनाएका थिए ।

मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा अदालतको अवहेलनाअन्तर्गत मेयर शाहलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित : भाद्र १३, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले केन्द्रबाट गठबन्धन गर्दैन : महासचिव पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा आफूहरुले केन्द्रबाट गठबन्धन नगर्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा प्रचार तथा प्रकाशन विभागको पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा पोखरेलले स्थानीयस्तरमा भने गठबन्धन हुन सक्ने बताए ।

राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको उनले बताए । ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ । हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौं । हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गईराखेको छौं,’ उनले भने, ‘स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलमा बारेमा हामी सदैव खुला छौं । तर चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौं । त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौं । चुनावी तालमेलको कुरा गरेका छौं ।’

यस्तै पछिल्लो समय नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिको राजीनामा भन्दै नभएको हल्ला फिँजाइएको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७९ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×