कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा आवश्यक : अध्यक्ष दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गरेर अघि बढे यो क्षेत्र र विश्वमै दूरगामी परिणामहरु आउने बताएका छन् ।

नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा आवश्यक : अध्यक्ष दाहाल

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि अध्ययन र अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठान, नेपाल संस्थाद्ववारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन कार्यक्रममा दाहालले भने,‘एक दशकअघि मैले नेपाल, भारत र चीनबीच शान्ति, विकास र सहकार्यको त्रिपक्षीय अवधारणाका लागि प्रस्ताव राखेको थिएँ । नेपाल, भारत र चीनबीच ‘बफर’ क्षेत्र नभई बरु दुई मुलुक बीचको ‘भाइब्रेन्ट ब्रिज’बन्न सक्छ ।’

दाहालले नेपाललाई उनीहरु (भारत र चीन) को मुख्य चासो थाहा भएको पनि बताए । ‘र, हामी सबै उनीहरुको चासोमा ध्यान दिन्छौं र सोहीअनुसार सम्बोधन पनि गर्छौं,’ उनले भने ।

यस्तै, उपसभामुख पुष्पा भुसालले नेपालले पञ्चशीलको आधारमा आफ्नो विदेशनीति सञ्चालन गरेको उल्लेख गर्दै नेपालीहरु शान्तिप्रिय रहेको बताइन् । उनले नेपालले विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघअन्तर्गत रहेर शान्ति स्थापना गरिरहेको पनि बताइन् ।

‘अन्तर्राष्ट्रिय सम्बन्ध: नेपाल र विश्व व्यवस्था’ विषयक कार्यक्रममा नेपाल र भारतका २६ जनाले शोधपत्र प्रस्तुत गरेका थिए । काठमाडौंमा भएको कार्यक्रममा नेपालबाट ११ र भारतबाट १५ जनाले नेपाल–भारत सम्बन्ध र अन्तर्राष्ट्रिय परिवेशलगायत विभिन्न विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७९ २२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?