१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

राप्रपा कोषाध्यक्षमा काफ्ले मनोनीत

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) को केन्द्रीय कोषाध्यक्षमा निलकण्ठ काफ्ले मनोनीत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम काफ्लेलाई शुक्रबार कोषाध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । काफ्ले केन्द्रीय सदस्य हुन् ।

राप्रपा कोषाध्यक्षमा काफ्ले मनोनीत

लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील काफ्ले देवदह मेडिकल कलेज र क्यानभास इन्टरनेशनल कलेजका अध्यक्ष एवं गरिमा विकास बैंकका सञ्चालकसमेत हुन् ।

प्रकाशित : भाद्र १०, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?