कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
कांग्रेसको परिपत्र

उम्मेदवार आकांक्षीसँग पार्टीले खोज्यो पूर्वप्रतिबद्धता

कांग्रेसका क्षेत्रीय समितिहरूले संघ र प्रदेश दुवैतर्फ उम्मेदवारका लागि नाम सिफारिस भएका व्यक्तिहरूबाट पार्टीका आधिकारिक र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्णरुपमा सक्रिय रहने प्रणसहितको प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर पठाउनुपर्नेछ ।

काठमाडौँ — नेपाली कांग्रेसले आगामी निर्वाचनमा देशभरि उम्मेदवार चयन प्रक्रिया अघि बढाउनुअगावै आकांक्षीहरूबाट पार्टीको निर्णय मान्ने प्रतिबद्धता लिने भएको छ । महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार बन्न आकांक्षीहरूबाट पार्टीले निर्णय गरे पनि त्यसलाई मान्छु भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएर केन्द्रमा पठाउन निर्देशन दिएका हुन् । 

उम्मेदवार आकांक्षीसँग पार्टीले खोज्यो पूर्वप्रतिबद्धता

कांग्रेसले एक साताभित्र उम्मेदवारका लागि नाम सिफारिस गर्न भनेको छ । परिपत्रबमोजिम कांग्रेसका क्षेत्रीय समितिहरूले संघ र प्रदेश दुवैतर्फ उम्मेदवारका लागि नाम सिफारिस भएका व्यक्तिहरूबाट पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्णरुपमा सक्रिय रहने प्रणसहितको प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर पठाउनुपर्नेछ ।

‘उम्मेदवारको नाम सिफारिस गरी पठाउने प्रत्येक तहले सिफारिसमा नाम परेका प्रत्येक व्यक्तिबाट पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्णरुपमा सक्रिय रहने प्रणसहितको प्रतिबद्धता पत्रमा हस्ताक्षर गराई पठाउनु पर्नेछ,’ कांग्रेसको परिपत्र छ ।

त्यस्तै, कांग्रेसले अहिले उम्मेदवारको सिफारिस भए पनि सत्ता गठबन्धनमा सहमति भएर अर्को दलबाट उम्मेदवार हुने व्यवस्था भएमा पार्टीबाट उम्मेदवार चयन नहुने बताएको छ ।

‘देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये जुन–जुन निर्वाचन क्षेत्रमा गठवन्धनमा रहेका अन्य दलको उम्मेदवार रहने भनी सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा सहमति हुन्छ, सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी रहने छैन,’ परिपत्रमा भनिएको छ ।

प्रकाशित : भाद्र १०, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×