२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

राहदानी फाराममा तोकिएको मितिमा मात्रै आउन सेवाग्राहीलाई राहदानी विभागको अनुरोध

काठमाडौँ — काठमाडौं महानगरपालिकाले होल्डिङ एरियाको रुपमा प्रयोग गर्दै आएको बेसमेन्ट खाली गराएपछि राहदानी विभागले आवेदकहरुलाई फाराममा तोकिएको समयमा मात्रै आउन अनुरोध गरेको छ ।

राहदानी फाराममा तोकिएको मितिमा मात्रै आउन सेवाग्राहीलाई राहदानी विभागको अनुरोध

महानगरपालिकाले काठमाडौं त्रिपुरेश्वरस्थित विभागको भवनको बेसमेन्टलाई पार्किङमात्रै प्रयोग गर्न पाइने भन्दै शुक्रबार खाली गराएपछि विभागले अनुरोध गरेको हो ।

'विभागको बेसमेन्ट राहदानी आवेदकहरुका लागि होल्डिङ एरियाको रुपमा प्रयोग हुँदै आएकोमा अबदेखि सेवाग्राहीका लागि पार्किङस्थलका रुपमा प्रयोग हुन काठमाडौं महानगरपालिकाले बेसमेन्ट खाली गराएकाले आइतबारदेखि सो बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने व्यहोरा व्यहोरा सम्बन्धित सबैको जानकारी लागि अनुरोध छ.' विभागले जारी गरेको सूचना छ ।

'लाइभ इन्रोलमेन्ट सेन्टर राहत विभाग कायम भएका सेवाग्राहीमात्रै राहदानी आवेदनका लागि यस विभागमा आइदिनु हुन' विभागले विभागका अनुरोधमा भनिएको छ, 'राहदानी आवेदनमा लागि आवेदकहरु आवेदन फराममा तोकिएको मिति र समयमा मात्रै यस विभागमा आइदिनु हुन ।' विभागले विभागको बेसमेन्टलाई सेवाग्रहीहरुले आइतबारदेखि प्रयोग गर्न पाउने जनाएको छ । त्यसैगरी विभागले राहदानी सेवा लिन आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदकमात्र आउन, विभागमा बाहिर सडकमा भीडभाड गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित : भाद्र १०, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?