कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोसपाले आत्मालोचना गरे मात्रै गठबन्धनमा आउन सक्छ : राई

‘विवाह गरेर आएपछि ७ वर्ष पर्खिनुको अर्थ छैन, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।’ 
आनन्द गौतम

ताप्लेजुङ — जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष अशोककुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आत्मालोचना गरेमात्रै गठबन्धनमा सहभागी हुनसक्ने वताएका छन् ।

लोसपाले आत्मालोचना गरे मात्रै गठबन्धनमा आउन सक्छ : राई

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संसद् विघटनको समयमा केपी शर्मा ओलीलाई सहयोग गरेको, ३ देखि १५ दिनसम्मको मन्त्रीपरिषद्मा सहभागी भएको जस्ता गतिविधि गरेकाले आत्मालोचना गरेमात्रै गठबन्धनमा सहभागी हुन सक्ने दाबी गरेका हुन् ।

गठबन्धनमा सहभागी हुन सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने उनको धारणा छ । गठबन्धन दलभित्र प्रतिनिधिसभाका १ सय ६५ स्थानमा सिट बॉडफॉड भए पनि प्रदेशमा अलग–अलग प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको उनले बताए ।

त्यस्तै प्रतिनिधिसभालले दोस्रो पटक पारित गरेको विधेयक राष्ट्रपतिले सरासर प्रमाणीकरण गर्नुपर्ने उनको तर्क छ । ‘मैले पहिलेदेखि नै भन्दै आएको थिएँ,’ राईले थपे, ‘उहॉहरू विवाह गरेर आएकालाई सात वर्षपछि दिउ‘ भन्नु हुन्छ, उताको नागरिकता त्यागेपछि तत्काल दिँदा के फरक पर्छ ?’

बाबुराम भट्टराईले छाड्दा सांगठिनक हिसाबले पार्टीलाई केही क्षति भए पनि एउटै गठबन्धनमा सहभागी भएकाले कुनै घाटा नहुने उनले बताए । राईले २०७४ को निर्वाचनमा आफू दोस्रो स्थान हासिल गरेकाले पनि यस पटक सुनसरीबाट उठ्ने चाहना व्यक्त गरेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्रीलाई आफ्नो पार्टी अध्यक्षले राजीनामा दिन दिएको निर्देशनको विषयमा पत्रपत्रिकामार्फत थाहा पाएको तर आफू जानकार नभएको राई बताउँछन् ।

प्रकाशित : भाद्र ९, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?