अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/ang1634-2582022081507-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा निर्देशक शर्मा नमानेपछि मेयर शाह झोक्किएका हुन् ।
घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै निर्देशकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।
३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै निर्देशक शर्मासँग मेयर शाहले 'तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?' भन्दै कराएका थिए । त्यसपछि ती घरबेटीले मेयर शाहलाई जनप्रतिनिधि भएर थर्काएको भन्दै आरोप लगाएपछि उनी शान्त भएका थिए ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि हटाउन त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।
अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।
मेयर शाहले नियमविपरीत बेसमेन्ट भाडामा लगाउने दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । उनले व्यवासयीहरूलाई सम्बन्धित घरबारे थाहा नहुने र त्यसको सम्पूर्ण विवरण दिने जिम्मेवारी घरबेटीकै हुने जनाएका छन् ।
महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)