कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो डेंगु संक्रमण

काठमाडौँ — राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न भागमा डेंगु संक्रमण बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दिनहुँ उपत्यकाबाहिरका समेत ६० देखि ७० जनासम्म संक्रमित उपचारका लागि आउन थालेका छन् ।

बढ्यो डेंगु संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२२ जनवरीमा १२, फेब्रुअरीमा ३, मार्चमा १५, अप्रिलमा १९, मेमा २५, जुनमा ९६, जुलाईमा ४ सय ९९ र अगस्टमा ४ सय ५७ वटा डेंगुका केस फेला परेका छन् । अगस्टमा मात्र ललितपुरमा २६४, काठमाडौंमा ८५, भक्तपुरमा ११, रूपन्देहीमा २२५, धादिङमा ५८, सिन्धुलीमा २९, गुल्मीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

टेकु अस्पतालमा मंगलबार २१ जना संक्रमित भर्ना भएका छन् । अस्पतालका अनुसार संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण छन् ।

‘राजधानी र बाहिरबाट आउने बिरामीले गर्दा अस्पतालको इमर्जेन्सी, बहिरंग विभाग (ओपीडी) मा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दो छ । भर्ना हुने संख्या पनि त्यत्तिकै छ,’ टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले भने ।

प्रकाशित : भाद्र ९, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?