कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाईसीएल अध्यक्षमा सेर्पाली चयन

काठमाडौँ — नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट सेर्पालीको नेतृत्वमा ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

वाईसीएल अध्यक्षमा सेर्पाली चयन

महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन् । महासचिवमा शाही र ज्ञानेन्द्र गुरुङले दाबी गर्दै आएका थिए । तर अन्तिममा गुरुङ उपाध्यक्ष बन्न सहमत भएपछि विवाद टुंगिएको निर्वाचन समितिका प्रमुख प्रकाशचन्द्र पाण्डेले जानकारी दिए ।

वाईसीएलको गत भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट संगठनात्मक संरचना टुंग्याउन नसकेपछि यही शुक्रबार र शनिबारका लागि दोस्रो भेला बोलाइएको थियो । तर, पद बाँडफाँटमा कुरा नमिलेपछि आइतबारसम्म भेला लम्बिएको हो । गत भदौको भेलापछिको पहिलो पूर्ण बैठकले संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सेर्पालीलाई सर्वसम्मत चयन गरेको थियो । ४० वर्ष उमेर हदका कारण सेर्पालीले नेतृत्व पाएको हो ।


प्रकाशित : भाद्र ५, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?