२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौँ — नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् ।

गुल्मी २ बाट चुनाव लड्ने रामकुमारी झाँक्रीको घोषणा

'गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,' झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।

यसअघि पनि गठबन्धन दलभित्र गुल्मी २ बाट उठ्ने विषयमा छलफल भइरहेको जानकारी गराएकी थिइन् । झाँक्री गुल्मीकी स्थायी बासिन्दा हुन् ।

२०७४ आमनिर्वाचनमा गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका थिए । यसपटक पनि विष्ट गुल्मीबाटै प्रतिस्पर्धाको तयारीमा छन् । एमाले विभाजनपूर्व विष्ट र झाँक्री एकै समूहमा रहेका थिए ।

प्रकाशित : भाद्र ५, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?