कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

श्रेष्ठको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

काठमाडौँ — नेकपा माओवादी केन्द्रले आगामी आमनिर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

श्रेष्ठको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

'आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट घोषणापत्र तयार गर्न एउटा टिम बनाएका छौं । गठबन्धनको तर्फबाट पनि तयारी भइरहेको छ । हाम्रो एउटा मस्यौदा तयार होस भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम बनाएका छौं,' उनले भने ।

उपाध्यक्ष महराका अनुसार घोषणापत्र तयारी समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, हरि रोका, परशुराम रम्तेल, जाकिर हुसेन, परशुराम तामाङ, भीमा ढुंगाना, जगत सिंखडालगायत छन् ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरिसकेको छ ।

प्रकाशित : भाद्र ४, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×