कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निहारिकासँग वार्ता गर्न कानुनमन्त्री र महान्यायाधिवक्ता शिक्षण अस्पतालमा

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खाती त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

निहारिकासँग वार्ता गर्न कानुनमन्त्री र महान्यायाधिवक्ता शिक्षण अस्पतालमा

अनशनरत निहारिका राजपुतसँग वार्ताका लागि कानुनमन्त्री शर्मा र महान्यायाधिक्ता खाती बुधबार अपराह्न त्रिवि अस्पताल पुगेका हुन् । सम्भवत: निहारिकासँग बुधबार अनशन तोडाउने गरी संवाद अघि बढेको सरकारी अधिकारीले जनाएका छन् ।

निहारिकाले प्रतिवादी बनाएका शिवराज श्रेष्ठ मंगलबार धनुषाबाट पक्राउ परेका छन् । यसअघि आफूसँग सरकारले गरेको सहमति पालना नभएको भन्दै राष्ट्रपति भवन शीतल निवास अगाडि सडकमा आत्मदाह प्रयास गरेकी निहारिका उपचारसँगै अस्पतालमै अनशन बसेकी छन् ।

प्रकाशित : भाद्र १, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?