कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्याय सेवाका २१ जना कर्मचारी जिल्ला न्यायाधीशमा सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — न्याय परिषद्ले २१ जना न्याय सेवाका कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशमा आवेदन दिएकामध्येबाट २१ जनालाई सिफारिस गरेको हो। 

न्याय सेवाका २१ जना कर्मचारी जिल्ला न्यायाधीशमा सिफारिस

यसअघि गत साउन १० मा परिषद्ले आवेदन दिएकामध्ये ६३ जना न्यायाधीशको संक्षिप्त सूची प्रकाशन गरेको थियो। परिषद्ले हालै बनेको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका बमोजिम संक्षिप्त सूचीमा परेका व्यक्तिविरुद्ध कुनै उजुरी भएमा सात दिनभित्र दिन सार्वजनिक सूचना प्रकाशन गरेको थियो। तीमध्ये कोहीविरुद्ध कुनै उजुरी परेको थियो वा थिएन भनेर परिषद्ले केही खुलाएको छैन।

मंगलबार जिल्ला न्यायाधीश नियुक्तिको सिफारिसमा परेकाहरूमा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ताहरू टेकबहादुर कार्की र प्रकाश कोइराला तथा सर्वोच्च अदालतका सम्पादक ध्रुवकुमार ढकाल छन्। त्यस्तै सर्वोच्च अदालतका इजलास अधिकृतहरू विकास श्रेष्ठ र नवराज दुलाल तथा भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेल छन् ।

त्यस्तै ऋण असुली न्यायाधिकरणका कानुन सदस्य विष्णुप्रसाद रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन उपसचिव पुरुषोत्तम नेपाल, उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरका उपन्यायाधिवक्ता राजेश्वर अर्याल, उच्च सरकारी वकिल कार्यालय, ओखलढुंगाका उपन्यायाधिवक्ता महेन्द्रबहादुर थापा क्षेत्री र सर्वोच्च अदालतका इजलास अधिकृतहरू भीमबहादुर निरौला, रामानन्दप्रसाद अधिकारीर मोहन सुवेदी रहेका छन्।

त्यसैगरी न्याय परिषद्ले उच्च अदालत सुर्खेत, जुम्ला इजलासका रजिष्ट्रार सुरेशराज खनाल, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता (हाल काजः सत्य निरुपण तथा मेलमिलाप आयोग) निर्मला शर्मा सुवेदी, सर्वोच्च अदालतका इजलास अधिकृतहर्कबहादुर क्षेत्री र राष्ट्रपतिको कार्यालयकी उचसिचव पूर्णिमा कोइरालालाई पनि न्यायाधीशमा सिफारिस गरेको छ ।

सिफारिसमा परेका अन्य कर्मचारीहरूमा सर्वोच्च अदालतका इजलास अधिकृतहरू तारादेवी महर्जन, भगवती शर्मा ढुंगाना र डल्लुराम चौधरी तथा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिष्ट्रारताराकुमारी शर्मा रहेका छन् । परिषद्को सिफारिसपछि अब कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनीहरूलाई जिल्ला न्यायाधीश नियुक्त गर्नेछन् ।


प्रकाशित : श्रावण ३१, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?