कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

मेयर शाहले प्रधानमन्त्री देउवालाई बन्चरेडाडा ल्यान्डफिल साइट जाने सडक खण्डको स्तरोन्नति गर्न आग्रह गर्दै सरकारको तर्फबाट भएका प्रतिबद्धताहरू कार्यान्वयन गराउनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको ।

शाहको सचिवालयमा फोहोर व्यवस्थापन सम्बन्धी हेर्दै आएका विज्ञ सुनिल लम्सालका अनुसार स्थानीयको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको थियो । मेयर शाहले इमरजेन्सी बजेट विनियोजन गरेर भए पनि भत्किएको सडक बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको लम्सालले जानकारी दिए ।

केही समययता सत्तारुढ दलकै स्थानीय नेताले बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । महानगरले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्दै आएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?