कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीति रमाइलो गर्ने विषय होइन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति रमाइलो गर्ने विषय नभएको बताएका छन् । मंगलबार 'युवा महिला र राजनीति' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले केही दु:ख नगरेका व्यक्तिले  पछिल्लो समय राजनीतिलाई रमाइलो गर्ने विषय बनाइएको बताएका हुन् । 

राजनीति रमाइलो गर्ने विषय होइन : ओली

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरू लामो संघर्षपछि यस ठाउँमा आइपुगेको बताए । उनले भने, 'आज हामी जुन ठाउँमा छौँ त्यत्तिकै आएका होइनौँ ।'

त्यस्तै ओलीले लोकतन्त्र प्राप्तिका केही नगरेका व्यक्तिले नै राजनीति फोहोरी खेल हो भनेर भ्रम फैलाएको बताए । 'कतिले भन्छन् पोलिटिक्स घृणा लाग्छ । कतिले भन्छन् आई हेट पोलिटिक्स ! अनि देश बनाउने कुरालाई तपाईंले घृणा गर्नुहुन्छ भने विकास गर्ने कुरालाई घृणा गर्नुहुन्छ भने केलाई चाहिँ मन पराउनुहुन्छ ? ह्वाट यु लभ देन ?,' उनले भने ।

त्यस्तै राजनीति देश बनाउने कुरा भएको उल्लेख गर्दै जनताका समस्या समाधान र समृद्धि दिने कुरा नै राजनीति भएको उनको भनाइ थियो । उनले अगाडि भने, 'पोलिटिक्स भनेको देश बनाउने कुरा हो । जनताका समस्या समाधान गर्ने र समृद्धि दिने कुरा हो । जनताको सुरक्षा गर्ने कुरा हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । आफन्त लगाएर भ्रष्टाचार गर्ने त्यस्तै हो पोलिटिक्स भन्ने । गलत पोलिटिक्स गर्‍यो भने घृणा गर्छन् ।'

राजनीतिक आन्दोलनका कुनै योगदान नदिएकालाई राजनीतिले सबैथोक बिग्रियो भनेर प्रतिक्रिया दिन सजिलो हुने उनले बताए । राजनीति बिगार्ने नभई सपार्ने कुरा भएको उनको भनाइ छ ।

'पोलिटिक्स बिगार्नका लागि होइन, सपार्न हो । हावादारी पोलिटिक्स होइन हावाहुहुको पोलिटिक्स होइन । मौसमजस्तो होइन । केही मान्छेले पोलिटिक्सलाई त्यसरी बुझ्छन् । दु:ख नगरेका, पसिना नबगाएका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । जसले लोकतन्त्रका लागि एक थोपो पसिना बगाएको छैन, जसले कुनै बलिदानी दिएको छैन । कोही परिवारको सदस्यले बलिदानी दिनु परेन, उसले अंगभंग हुनुपरेन, उसले केही क्षति नै भोग्नु परेन उसलाई पोलिटिक्स रमाइलो गर्ने विषय बनेको छ । पोलिटिक्स त्यस्तो विषय होइन ।' शासन व्यवस्थाहरू परिवर्तन हुँदै आउँदा धेरै परिवर्तन भएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?