कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धनले भन्यो : संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैंलाई अन्त्य गर्छौं

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैँलाई अन्त्य गर्ने गरी कानुन बनाउने सहमति जुटाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी समस्याहरूको सधैँलाई अन्त्य हुने गरी कानुन संशोधन गर्ने सहमति गरेका हुन् ।

सत्ता गठबन्धनले भन्यो : संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैंलाई अन्त्य गर्छौं

बैठकमा भएको सहमतिबारे सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकका सम्बन्धमा बृहत् रूपमा छलफल भएको छ ।यसबीचमा सरकारले सरोकारवाला, मानवअधिकारकर्मी, सम्बन्धित व्यक्ति र संघसंस्थाहरूसँग समेत परामर्श गरिसकेको छ । शान्ति तथा मेलमिलापलाई टुंग्याउने गरी विधेयकलाई अघि बढाउने गठबन्धनमा सहमति भएको छ ।’

उनले सरकारले संक्रमणकालिन न्यायसम्बन्धी विषयलाई सधैंका लागि टुंग्याउने गरी कानुन बनाएर अघि बढ्न चाहेको बताए ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्‍मा पेस गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । पीडितहरूले पीडकलाई उन्मुक्ति दिने गरी कानुन ल्याउन लागेको भन्दै सडकमै प्रदर्शन गरेका थिए । सञ्चारमन्त्री कार्कीले यसबीचमा आन्दोलनरत द्वन्द्वपीडित, नागरिक समाजका अगुवा र मानवअधिकारवादीहरूसँग छलफल गरी विधेयकलाई अघि बढाउन तयारी गरेको बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?