२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सत्ता गठबन्धनमा २०७४ र २०७९ को परिणामका आधारमा सिट बाँडफाँट गर्नेबारे छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनभित्र २०७४ र २०७९ को स्थानीय चुनावको परिणामलाई आधार बनाएर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको सीट बाँडफाँट गर्ने विषयमा छलफल सुरु भएको छ ।

सत्ता गठबन्धनमा २०७४ र २०७९ को परिणामका आधारमा सिट बाँडफाँट गर्नेबारे छलफल

सीट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बालुवाटारमा बसेको बैठकमा २०७४ सालको प्रतिनिधिसभा र २०७९ सालको स्थानीय तह चुनावलाई आधार मानेर मापदण्ड तयार गर्ने विषयमा छलफल भएको हो ।

कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुवै चुनावी परिणामलाई आधार मानेर सिट बाँडफाँटको लागि छलफल भइरहेको बताए । '२०७४ को निर्वाचन र २०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्ने छलफल भइरहेको छ,' कार्कीले भने 'हामी कार्यदलबाटै सहमति गरेर टुंगो लगाउने प्रयासमा छौँ। अर्को बैठक बुधबार ४ बजे बस्नेछ ।'

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा हालसम्म ३ वटा मात्रै बैठक भएको छ । गठबन्धनमा कांग्रेसका तीन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता सामाजवादी र राजमोका २-२ जना सदस्य रहेका छन् । कार्यदललाई साउन मसान्तभित्र मोडालिटी निर्माण गर्न समय तोकिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?