३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

२४ घण्टामा ८८८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७३७ कोरोना परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ८८८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु 

३ हजार १ सय ५५ पीसीआर परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी निको हुनेको संख्या भने ४७४ रहेको छ । सोमबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार ६४ जनाले काेभिडविरुद्धकाे खाेप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।

हाल ५०० भन्दा बढी सकृय संक्रमित रहेकाे जिल्ला काठमाडाैँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेकाे जिल्ला कैलाली रहेकाे छ । शुन्य स‍ंक्रमित रहेका जिल्ला मना‍ङ,कालिकाेट,हुम्ला र डाेल्पा रहेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?