कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिट बाँडफाँट यथाशीघ्र गर्न कार्यदललाई गठबन्धनको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको हो ।

सिट बाँडफाँट यथाशीघ्र गर्न कार्यदललाई गठबन्धनको निर्देशन

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए ।

गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रनेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

‘केही दिन अगाडि सत्ता गठबन्धनमा सिट बाँडफाँट व्यवस्थापन कार्यदल बनेको थियो । आजको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन गरेको छ,’ मन्त्री कार्कीले भने ।

गठबन्धनमा आगामी भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने समझदारी छ ।

प्रकाशित : श्रावण २९, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?