काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताहरूको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय

'काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन सरकारले पूर्णरुपमा ध्यान दिनु पर्ने र मातहतका निकायलाई परिचालन गर्न तथा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई सुझाव दिने निर्णय भएको छ,' नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । बैठकमा मूल्यवृद्धिले उपभोक्ता चर्को मारमा परेको भन्दै त्यसको अनुगमन र नियन्त्रणमा पनि सरकार लाग्नुपर्ने विषयमा छलफल भएको महासचिव भुसालले बताए ।

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि सडकमा फोहोर थुप्रिएको छ । लामो समयसम्म फोहोर सडक हुँदा शहरमा दुर्गन्ध फैलिएको हो ।

प्रकाशित : श्रावण २९, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?