कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेस गठबन्धन गर्न बाध्य छ : सचेतक विश्वकर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले कांग्रेस अहिले चुनावमा गठबन्धन गरेर जान बाध्य रहेको बताएका छन् । उनले कांग्रेसले गठबन्धन नगरे अन्य दलले गर्ने गठबन्धनले ठूलो क्षति हुनसक्ने बताए । स्कुल अफ डेमोक्रेसीले आइतबार दोलखामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले अहिले कांग्रेसको पक्षमा देशभर जनलहर हुँदाहुँदै पनि गठबन्धन गरेर चुनावमा जान बाध्य रहेको बताए ।

कांग्रेस गठबन्धन गर्न बाध्य छ : सचेतक विश्वकर्मा

‘देशभरि कम्युनिस्ट पार्टीहरूप्रति जनमत गिर्दो छ; कांग्रेसको पक्षमा जनलहर बढेको छ । तर, फेरि पनि कांग्रेसले गठबन्धन नगरी एक्लै बहुमत सिट जित्ने अवस्था बनिसकेको छैन,’ सचेतक विश्वकर्माले भने, ‘हामीले गठबन्धन गरेनौँ भने अर्को गठबन्धन बन्छ; त्यस्तो गठबन्धन हाम्रा लागि मात्रै होइन, मुलुकको अहिलेको राजनीतिक व्यवस्था र संविधानमाथि नै खतरनाक हुनसक्छ ।’

नेता विश्वकर्माले नेकपा माओवादी केन्द्रले जुनसुकै बेला जस्तोसुकै गठबन्धन गर्न सक्ने अस्थिर मानसिकता प्रस्तुत गर्दा यसपटक कांग्रेस जसरी पनि गठबन्धन गर्नुपर्ने बाध्यतामा रहेको बताए ।

‘नेपालमा एक मानिस यस्ता छन्, जो एक घण्टामा जस्तोसुकै सम्झौता गरेर पनि गठबन्धन गर्न सक्छन् । एकछिन पनि स्थिर मनस्थिति नभएका नेता संसद्‌मा तेस्रो क्षमतामा छन्; त्यसकारण हामी अहिले गठबन्धन गरेर अघि बढिरहेका छौँ,’ उनले भने, ‘म साक्षी छु । ०७४ को निर्वाचनअघिको सरकारमा अहिलेकै प्रधानमन्त्री हुनुहुन्थ्यो, म मन्त्रीको रुपमा सरकारमै थिएँ । माओवादीले ३० प्रतिशत सिट मागेको थियो, हामीले २५ भनेका थियौँ । तर, संवाद नसकिदै उहाँहरू रातारात बालकोट जानुभयो र मिल्नुभयो । हामी २३ सिटमा खुम्चियौँ ।’

प्रकाशित : श्रावण २९, २०७९ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?