कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस कार्यसम्पादन समितिको बैठक : चुनावको तयारीबारे छलफल जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक : चुनावको तयारीबारे छलफल जारी

मुख्यसचिव कृष्णप्रसाद पौडेलले अहिले साढे ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको बताए ।

बैठकमा निर्वाचनको तयारी, साउन ३० र ३१ गते हुने स्थानीय जनप्रतिनिधिको भेला, भदौमा सन्चालन हुने राष्ट्रिय संगठन सुदृढिकरण अभियान लगायत विषयमा छलफल भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?